२१ कार्तिक २०८३, शनिबार

उम्मेदवारी दर्तासंगै जनकपुरमा काँग्रेस नेता कार्यकर्ता उत्साहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २२ भदौ । नेपाली काँग्रेसका तर्फबाट जनकपुर उपमहानगरपालिकाको मेयरसहित सबै पदमा उम्मेदवारी दिएसंगै जनकपुर कांग्रेसमय भएको छ ।

स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ अन्तर्गत जनकपुर उपमहानगरपालिकासहित धनुषाको १८ स्थानीय तहमा नेपाली काँग्रेसका तर्फबाट बुधबार उम्मेद्वारी दर्ता भएको छ । उम्मेद्वारी दर्ता गर्दा वडा वडाबाट कार्यकर्ता तथा शुभेच्छुकहरु ठूलो संख्यामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

जनकपुर उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसले मृदुभाषि युवा नगर सभापति मनोजकुमार साह तथा उपमेयरमा नेतृ निलम कर्णलाई उम्मेदवार बनाएको छ । स्वच्छ छविका लोकप्रिय उम्मेद्वारहरु अगाडि सारेको हुनाले कांग्रेसका कार्यकर्तामा निक्कै उत्साह बढेको छ ।

उम्मेवारी दर्ताका समयमा काँग्रेसका कार्यकर्ताहरु मोटरसाईकल र साईकलमा कांग्रेसको चार तारे झण्डा र चुनाव चिन्ह रुखसहितको व्यानर राखेर नगरको विभिन्न भाग परिक्रमा गरेकोले जनकपुर काँग्रेसमय बन्नपुगेको हो ।

कांग्रेसका कार्यकर्ताले विद्युत र टेलिफोनका पोलहरुमा झण्डाहरु सजाएकोले जनकपुरको चुनावी माहौल काग्रेसमय भएको छ ।