हेटौँडा, २२ भदौ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका – १९ स्थित राप्ती खोलामा एकजनाको शव फेला परेको छ ।
पहिचान हुन नसकेको पुरुषको शव बुधबार बिहान पौने दश बजे फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राप्ती खोलामा फेला परेको व्यक्ति तराई मूलका हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । उनको उमेर ३० देखि ३५ वर्षको हुन सक्ने जनाइएको छ ।
शवलाई अस्पतालको शब गृहमा ल्याई राखिएको छ । मृत अवस्थामा फेला परेको शवका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।












प्रतिक्रिया