२१ कार्तिक २०८३, शनिबार

एआईजी चन्द सम्मानित, नागरिकसँग मिलेर असल समाज बनाउने प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । यूराशिया रेयूकाई नेपालको आयोजनामा ट्राफिक जनचेतना एवम् लागुपदार्थ दुब्र्यसनी चुनौति र रोकथाम बिषयक अन्तरक्रिया कार्यक्रम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जय बहादुर चन्दको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश बहादुर ऐरको उपस्थित रहेको थियो । कार्यक्रममा १२० जनाको सहभागिता रहेको थियो । तालिममा लागुपदार्थ दुर्ब्यसनी चुनौति र रोकथाम बिषयमा भीम कुँवरबाट प्रशिक्षण दिइएको थियो भने ट्राफिक जनचेतना सम्बन्धि ट्राफिक प्रहरी नायब उपरीक्षक बिपिन गौतमबाट प्रशिक्षण भएको थियो ।

कार्यक्रममा महानगरीय प्रहरी आयुक्त एआईजी चन्द र भर्खरै सरुवा भई आएका ललितपुर प्रहरी प्रमुख एसएसपी ऐरलाई स्वागत एवं सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै एआईजी चन्दले रेयूकाई शिक्षा समाजमा योगदान दिने ब्यतिm निर्माण गर्ने सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा आफू सहभागी हुनपाएकोमा खुशी ब्यक्त गरे । ‘प्रहरी र नागरिक हातेमालो गरी समाजमा शान्ति सुब्यबस्था कायम गर्न सकिन्छ हामीले नै असल समाज बनाउने हो,’ चन्दले भने ।

कार्यक्रममा बिगत ४ बर्षदेखि निरन्तर बागमती सफाई महाअभियानमा लागी पर्नुभएका ललितपुर प्रहरी प्रमुखलाई स्वागत एवं सम्माननित गरियो । कार्यक्रमका सहभागीहरुले ट्राफिक जनचेतना एवम् लागु पदार्थ दुब्र्यसनी चुनौति र रोकथाम बिषयक अन्तरक्रियामा सहभागी भएर धेरै कुरा सिक्न पाएको, आफूले सिकेका कुरालाई समाजका हरेक ब्यतिmलाई सिकाउदै जाने प्रतिज्ञा गरेका थिए ।

कार्यक्रममा यूराशिया रेयूकाई नेपालका कार्यालय प्रमुख चक्रबहादुर चन्दले स्वागत एवं यूराशिया रेयूकाईबारे परिचय राखेका थिए भने मन्तव्य कार्यकारणी बोर्डका प्रमुख प्रबीण कुमार गुरुङ्ग तथा युवाको प्रशिक्षण प्रिया लामिछानेले गरेकी थिइन् । कार्यक्रमको संचालन चन्द्रकला सुबेदी र मेनुका आचार्यले गरेका थिए ।