२१ कार्तिक २०८३, शनिबार

नेपाल रेडक्रस दिवस मनाइयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस आज “रेडक्रसः सबै ठाउँमा, सबैका लागि” के तपाइलाई थाहा छ ? भन्ने नाराका साथ देशभरि मनाइएको छ ।

नेपाल रेडक्रस दिवसको अवसरमा आज सोसाइटीको केन्द्रीय कार्यालयमा सोसाइटीका उपाध्यक्ष सुरेन्द्र सिंह ऐरले रेडक्रसको झण्डोत्तोलन गरी मूल समारोहको शुभारम्भ गर्नुभयो । उहाँले रेडक्रसका स्वयंसेवक देशका कुना कुनामा रहेका संकटासन्न समुदायसम्म पुग्नसकेको बताउनुभयो । विभिन्न खालका चुनौती हुँदाहुँदै पनि नेपाल रेडक्रसले समुदायको विश्वास जितेको उपाध्यक्ष ऐरले बताउनुभयो ।

कार्यक्रममा अध्यक्षता गर्दै नेपाल रेडक्रस सोसाइटीका कार्यावाहक महामन्त्री हरिप्रसाद न्यौपानेले भन्नुभयो, “रेडक्रस एउटा साझाचौतारी हो । रेडक्रसका सात सिद्धान्तलाई व्यवहारिक कार्यान्वयनमा लैजानजुनियर युवा देखि स्वयंसेवक र कर्मचारीहरुको सेवा अतुलनीय छ ।”

यसअघि कार्यक्रममा सोसाइटीका कार्यकारी निर्देशक इन्द्र वहादुर केसी र भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश प्रसाद ढकालले नेपाल रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो । सोही अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पकेट, अष्ट्रेलियन रेडक्रस सोसाइटीका प्रतिनिधि मुकेश सिंह र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख जाजुकिमले विश्व रेडक्रस अभियानमा नेपाल रेडक्रसको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

सोहि अवसरमा प्रतिभा प्रदर्शन, कर्मचारीहरुलाई सम्मान र शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने कर्मचारीका छोराछोरीहरुलाई नेरेसो कर्मचारी कल्याण कोषको तर्फबाट पुरस्कृत गरिएको थियो । शैक्षिक प्रोत्साहन पुरस्कार तथा प्रमाण पत्रपाउनेहरुमा प्रतिक्षा पण्डित, एल्विस मर्हजन, रञ्जन पौडेल, प्रसिमशर्मा, पुष्पकमल पहाडी, आशुतोष कृष्ण सेढाई, उपकार ढकाल र सोना लामा हुनुहुन्छ । त्यस्तैगरी एस इइ परिक्षातर्फ अञ्जनपौडेल, कस्तुप कार्की, रुस्तम काफ्ले र दियारानी झाले शिल्ड, प्रमाण पत्र र नगद पुरुस्कार प्राप्त गर्नुभएको छ । प्रतिभाप्रदर्शन कार्यक्रमतर्फ शारदा पहाडी, पदमनाथ आचार्य, भोजराज घिमिरे, अमृत पाख्रिन, सन्देश थापा, सुरक्षापौडेलले गीत तथा कविता विधामा पुरुस्कार प्राप्त गर्नुभएको कोषका अध्यक्ष दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

यसैगरी २५ वर्ष वा सो भन्दा बढि नेपाल रेडक्रसमा कर्मचारीको रुपमा काम गरेका नेरेसो कल्याण कोषका सदस्यहरु परशुराम आचार्य, राजु लामा, तिलकवहादुर श्रेष्ठ, योगेन्द्र तुलाधर, मायानाथ बराल, नवराजशर्मा, ज्ञानेन्द्रमान शाक्य, कल्पनादेवी श्रेष्ठ र जनार्दन पोखरेल सम्मानित हुनुभएको छ ।

वि.सं २०२० साल भाद्र १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापनाभएको थियो ।

यसै उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकहरूको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद व्यवस्थापनलगायत रेडक्रसका गतिविधिहरूको बारेमा अन्तत्र्रिmया, हालैको बाढीपहिरो प्रभावितहरूलाई राहतवितरण, साथै प्रवचन कार्यक्रम र विविध विषयहरू संयोजन गरी यो दिवस देशभर आयोजना भएका छन् । रेडक्रसका जिल्ला शाखाहरूले विभिन्न चेतनामूलक र्याली, प्रतियोगिताहरू, अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण जस्ता गतिविधिहरू आयोजना गरिरहेका समाचार प्राप्त भएका छन् ।

नेपाल रेडक्रसका जिल्लाशाखा –७५ वटा, उपशाखाः १,५०८ वटा, जुनियर सर्कलः ५,४१० युवा सर्कलः ८६५ वटा रहेका छन् । यी निकायहरूमा ९० हजार स्वयंसेवकहरू र १० लाख ६० हजार १२३ सदस्यहरू आवद्ध छन् ।

विपद् व्यवस्थापन, आकस्मिक सेवा र संकटासन्नता न्यूनीकरण गतिविधिलगायत अहिले ७२ जिल्लाका १०६ स्थानबाट रक्तसञ्चार सेवा, २१० वटा बाहनमार्फत् एम्बुलेन्स सेवा, २ अस्तालमार्फत् आँखा स्याहार गतिविधिहरू नेरेसोमार्फत् सञ्चालन भइरहेका छन् । गतआर्थिक वर्षमा मात्र विपद् व्यवस्थापन तथा विकासमूलक कार्यक्रमबाट ८० लाखभन्दा बढी मानिस समक्ष रेडक्रस पुगेको छ ।