२१ कार्तिक २०८३, शनिबार

५ बर्षीय बालिका बलात्कारको आरोपमा युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, १९ भदौ । ५ बर्षीया बालिका बलात्कारको आरोपमा आइतबार राती उदयपुरमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ पश्चिमटोल चाँपका १८ बर्षीय धुर्व भनिने हेमबहादुर कार्की रहेका छन् ।

आइतबार साँझ बालिकाकी आमा घरवाहिर काम गर्दै गरेको अबश्थामा कोठाभित्र टिभी हेर्दै गरेको मौका छोपी आरोपितले बलात्कार गरेको पीडित पक्षको भनाई छ ।

पक्राउ परेका युवालाई प्रहरी हिरासतमा राखि अनुसन्धान प्रकृया सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । पीडितको आईतबार नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

स्थानीयका अनुसार आरोपित विगत २÷३ बर्षअघि देखि नै विभिन्न घटनामा मुछिदै आएका व्यक्ति हुन् । १२ कक्षामा अध्ययन गर्दै आएका आरोपित कहिले पैसा चोरी त कहिले लागुऔषध सेवनकर्ताको आरोपमा पक्राउ पर्दै स्थानीय समझदारीपछि छुटदै आएको स्थानीयको भनाई छ ।