
भक्तपुर, १७ भदौ । प्रेस चौतारी नेपाल भक्तपुर शाखाको नयाँ नेतृत्व चयन भएको छ ।
शाखाको अध्यक्ष सोम शर्मा बजगाईं प्रेस चौतारीको केन्द्रीय सदस्यमा मनोनयन भएपछि आज भएको जिल्लाको विशेष बैठकले नयाँ नेतृत्व हस्तान्तरण गरेको हो । पुनःगठित कार्यसमितिको अध्यक्षमा कविता थापा, उपाध्यक्षमा रामचन्द्र प्रजापति, सचिवमा हेमराज ढकाल, सहसचिव चूडामणि पौडेल र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा अञ्जना शिल्पकार, सविना केसी, चन्द्रकृष्ण श्रेष्ठ, लीला श्रेष्ठ, भगवती क्षेत्री, सविता हाडा र सरिना शिल्पकार चयन भएका छन् ।

नयाँ नेतृत्वलाई नेकपा (एमाले) भक्तपुरका उपाध्यक्ष बचन देउजा, प्रचार विभाग प्रमुख श्याम बस्नेत, चौतारीका केन्द्रीय सदस्यद्वय प्रकाश सिलवाल र बजगाईंले शुभकामना तथा बधाई व्यक्त गर्नुभएको थियो । रासस












प्रतिक्रिया