२१ कार्तिक २०८३, शनिबार

मधेसमा कुनै पार्टीसँग तालमेल हुँदैन्, राजपा मुख्य प्रतिष्पर्धीः समाजवादी फोरम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । संघीय समाजवादीफोरम नेपालका प्रमुख सचेतक डा. शिवजीयादवले सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति हचुवाको भरमा घोषणा गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘सरकारले हचुवाको भरमा निर्वाचनको मिति घोषणा गर्यो, यो निर्वाचन नगर्ने षड्यन्त्र त कतै होईन भन्ने हामीलाई लागिरहेको छ ।’

यादवले दुवै निर्वाचनको लागि एउटै मतपत्र छाप्ने निर्णयपनि अव्यवहारिक भएको टिप्पणी गरे । उनले भने, ‘यसले पनि सरकारले समयमै निर्वाचन गर्ने षड्यन्त्र गरिरहेकोजस्तो मलाई लागेको छ ।’ उनले तीनदलको स्वेच्छचारिताले चुनावको मिति घोषणा भएको समेत आरोप लगाए ।

त्यस्तै उनले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले कुनै पार्टीसँग पनि तालमेल नगर्ने स्पष्ट पारे । यादवले २ नम्बर प्रदेशको चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिष्पर्धा राजपासँग हुने समेत जनाए ।