भैरहवा, १७ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन पक्लिहवा कृर्षी क्याम्पसले बाढीपहिरो पीडितको लागी १ लाख १० हजार रुपैयां राहत रकम प्रदान गरेका छन् ।
एमाले निकट उक्त विद्याथिं संगठनले संगठनका केन्द्रिय सचिव आरती लामालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हो । अखिलको केन्द्रिय कमिटीले बाढीपिडीतकोलागी राहत कोष स्थापना गरेको छ । पक्लिहवा अखिलद्धारा प्राप्त उक्त राहत रकम वास्तवीक पीडितकोमा पुग्नेगरी वितरण गरिने सो अवसरमा सचिव लामाले जनाइन् ।
यसैबीच संगठनको अधिवेसन पनि शुक्रबार नै सम्पन्न भएको छ । निसीम भुसालको अध्यक्षतामा भएको अधिवेसनले नयां नेतृत्व चयन गरेको छ । अखिलको नयां नेतृत्वमा उत्सव पाण्डे सर्वसम्मत चयन भएका छन् । पाण्डेको अध्यक्षतामा गठीत अखिल पक्लिहवाको उपाध्यक्षमा केशब खरेल र सचिवमा निराजन तिमील्सन चयन भएका छन् । यसैगरी संगठनको सह–सचिवमा अशोक पराजुली, मनोज पौडेल र प्रबिना आचार्य , कोषाध्यक्षमा सबिना रेग्मी लगायत २१ सदस्य कमिटी सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पाण्डेले जानकारी गराए ।
अधिवेशनको बन्दसत्र प्राविधिक विद्यार्थी संघ नेपालका केन्द्रिय अध्यक्ष प्रदीप जिसीको अध्यक्षतामा भएको थियो । सो अवसरमा अखिल सचिव लामा, अध्यक्ष जिसी लगायतले सम्बोधन गर्दै बैज्ञानिक र व्यवहारिक शिक्षाको लागि अखिलले खेलेको भुमिकाको चर्चा गरेका थिए ।













प्रतिक्रिया