२१ कार्तिक २०८३, शनिबार

नेपालगञ्जमा बक्रईद मनाइँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– आकाश देबकोटा

बाँके, १७ भदौ । मुस्लिम धर्मालम्बीहरूको पर्वमध्यको महत्वपूर्ण मानिने बक्रईद नेपालगञ्जका मुस्लिम समुदायले धुमधामका साथ मनाइ रहेका छन् ।

त्याग र बलिदानको पर्वका रुपमा स्थापित बक्रईदमा मुस्लिमहरूले बली दिएर ईश्वरीय आशीर्वाद प्राप्त गर्दछन् ।

मुस्लिम हिजरीको सम्बत सुरु हुनुभन्दा पहिले नै अल्लाहका दूत ईब्राहिम अलहिदलाई सपनामा आफ्नो छोराको बली मागेको र अल्लाहको आदेशभन्दै अलहिदले छोराको बलिदिन तैयार हुँदा अल्लाहले छोरालाई हटाई त्यस स्थानमा भेडा राखी दिएको भन्ने किम्बदन्ती रहेको छ ।

मुसलमानले भेडा, खसी, राँगाको बली दिएर बक्रईद मनाउने गर्दछन् । हरेक मुसलमानले आफूले सक्दो कुर्बानी दिनै पर्ने ब्यवस्था गरेको छ ।

कुर्बानी दिएको मासुलाई ३ भाग लगाउने र त्यसमध्य १ भाग छिमेकीलाई १ भाग गरिब असाहयलाई र १ भाग आफूले खाने चलन रहेको पूर्व केन्द्रीय हज कमिटीका अध्यक्ष मौलाना अब्दुल जवार मञ्जरीले बताउनु भयो ।