२१ कार्तिक २०८३, शनिबार

विपत्तिको सामना मिलेर गरौंः नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले विपत्तिको सामना मिलेर गर्नुपर्ने बताउनुभएको छ ।

आज राजधानीमा आयोजित समारोहमा नेता सिंहले विपत्तिको सामना गर्न मिलेर अघि बढ्न अपिल गर्नुभयो ।

उहाँले राजनीतिक अस्थिरताका कारणले मुलुक समबृद्धिको बाटोमा जान नसकेको टिप्पणी गर्नुभयो । अझै पनि मुलुका सामु अनेकन समस्या रहेकाले तीनको समाधानका लागि दलीय एकता हुनुपर्नेमा त्यसो हुन नसकेकोमा उहाँले गुनासो गर्नुभयो ।

मुलुक एकातिर राजनीतिक अस्थिरतामा जकडिएको छ भने अर्कोतिर प्राकृतिक प्रकोपको कारण झनै विकराल परिस्थितिमा फस्दै गएकाले आम नेपाली सबै एक भएर समाधानको पहलमा जुट्नुपर्नेमा जोड दिनुभयो ।

यतिबेला सबैले राष्ट्रिय एकता प्रदर्शन गर्नबेला भएकाले विपत्तिको सामना गर्न मिलेर अघि बढ्न अपिल गर्नुभयो ।

कार्यक्रममा सामुदायिक सेवा समितिले बाढी पीडितको लागि संकलन गरेको १ लाख २७ हजार नगद तथा खाद्य सामाग्री नेता सिंहमार्फत प्रधानमन्त्री राहत कोषलाई प्रधान गरिएको छ ।