काठमाडौं । रुपन्देही तेल चोरी काण्डका एक आरोपीलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
तेल चोरी काण्डका आरोपी हरिबहादुर कुँवरलाई रुपन्देहीका प्रहरी उपरीक्षक दिपक न्यौपानेको टोलीले सोमबार विहान बनस्थलीबाट पक्राउ गरेको हो । कुँबर रुपन्देही ट्याङकर ब्यबसायी संघका सचिव समेत छन् ।
रुपन्देही प्रहरीले यसअघि नै भलबारी डिपो प्रमुख नागेन्द्र कुर्मीसहित तीनजना पक्राउ गरिसकेको छ । तेज चोरी काण्डका १२ जना भने अझै फरार छन् ।
उनीहरुले नेपाल आयल निगमको ट्याङकरबाट तेल चोरी गर्ने गरेको खुलासा भएको थियो ।
(फाइल फोटो)














प्रतिक्रिया