२१ कार्तिक २०८३, शनिबार

होटलमा मध्यराति प्रहरीको छापा, सञ्चालिकासहित ७ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १६ भदौ । दाङ प्रहरीले होटलमा हुने अनैतिक क्रियाकलाप संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समय राति राति होटलमा छापा हान्ने क्रममा मंगलबार घोराही उप–महानगरपालिका वडा नं. १५ कटुवाखोला नजिक रहेको होटेल कोसेली गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको छ भन्ने सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय दाङको टोलीले होटल सञ्चालिकासहित ५ जना महिला र २ जना पुरुषलाई नियनत्रणमा लिएको हो ।

दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको बताइन् । यसअघि प्रहरीले घोराहीकै एक होटलबाट यौनधन्दा गर्ने होटल सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको थियो ।