२१ कार्तिक २०८३, शनिबार

महिलाको निम्ति महिला मञ्चको चौथो अधिवेशन सम्पन्न

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । ‘पहिचान, सम्मान, सुरक्षा र समानता श्रमिक महिलाहरुको आवश्यकता’ भन्ने नारा लिएर मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सवालमा आवाज उठाउदै आइरहेको संस्था महिलाको निम्ति महिला मञ्च नेपालले विहिवार चौथो अधिवेशन सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महिला तथा बालबालिका सेवा केन्द्र नक्सालकी प्रहरी निरीक्षक कोपिला चुडालले कुनै पेशा नराम्रो हुँदैन, त्यसभित्रका कुनै कुनै धमिराहरुले पेशालाई नराम्रो बनाउँछन्, त्यसकारणले यो क्षेत्र नै गलत हो भन्ने धारणा बसेको छ, त्यसैले मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुले गर्व गरेर कार्य गर्नुपर्ने बताउनुभयो ।

सोहि कार्यक्रममा अधिवक्ता दलबहादुर धामीले मनोरञ्जन क्षेत्र दोहरी साँझ, डान्सबारमा कार्यरत श्रमिक महिलाहरुको विषयमा राज्यले ध्यान पुर्याउन सकेको छैन्, जसकारणले गर्दा आजसम्म विभिन्न वाहानामा श्रमिक महिलाहरु राज्यबाट दमन हुने स्थितीमा रहेको बताउनुभयो ।

कार्यक्रमकी अर्का वक्ता तथा महिला अधिकारकर्मी पार्वती बस्नेतले संशोधन भएर आउन लागेको श्रम ऐनले निश्चय पनि मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सवालमा सम्बोधन गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

साथै, गोरखापत्रका फोटो पत्रकार रामप्रसाद हुमागाईले सञ्चार क्षेत्रले पनि मनोरञ्जन क्षेत्रको सवालमा कलम चलाउन नसकेको कारण यसभित्रका मूलभूत समस्या बाहिर आउन नसकेको बताउनुभयो ।

२०६४ सालमा मनोरञ्जन क्षेत्रका श्रमिक महिलाहरुद्धारा सञ्चालनमा आएको महिलाको निम्ति महिला मञ्च नेपालले निरन्तर रुपमा यस क्षेत्रमा कार्य गर्ने श्रमिकहरुलाई श्रम ऐनले समेटनुपर्ने र कार्यस्थलमा महिलाहरुले स्वतन्त्रपूर्वक कार्य गर्न पाउनुपर्छ भन्ने विषयमा पैरवी गर्दै आइरहेको छ ।

संस्थाको अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।