२९ आश्विन २०८३, बिहिबार

वायुसेवा निगमको दोस्रो जहाज नेपाल आइपुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NAC-Y-12-Eकाठमाडौँ, १७ कात्तिक ।  नेपाल वायुसेवा निगमको दोस्रो चिनियाँ जहाज ‘वाई–१२ जहाज नेपाल आइपुगेको छ । चिनियाँ पाइलटहरुले दिउँसो झण्डै २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  अवतरण गरेका हुन् ।

चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको उक्त जहाज गत असार १६ गते नै नेपाल भित्रिने कार्यतालिका थियो ।

तर, जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनले दोभासे ‘इन्स्ट्रक्चर’ पाइलटको अभाव देखाउँदै निगमलाई तोकिएको समयमा जहाज उपलब्ध गराएको थिएन् ।

चीनले अनुदानमा उपलब्ध गराएका दुईवटा जहाजमध्ये ‘एमए–६०’ वैशाख १४ गते नेपाल आइसकेको छ ।