२१ कार्तिक २०८३, शनिबार

भारतीय व्यापारीद्वारा गौरीफण्टामा नेपालीमाथि कुटपिट

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सीमावर्ती नाका गौरीफण्टा

कञ्चनपुर, १५ भदौ । कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् ।

स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट भएकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् ।

घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा अनिश्चितकालका लागि स्थानीयवासीले ठप्प पारेको डोकेबजार प्रहरी चौकीका प्रमुख मदनसिंह धामीले बताउनुभयो । कुटपिटमा संलग्न भारतीय व्यापारीमाथि स्थानीयवासीले कारबाहीको माग गरेका छन् । विवाद साम्य पार्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बलका अधिकारी र नेपाल–भारतका व्यापारीबीच छलफल भइरहेको छ । रासस