२१ कार्तिक २०८३, शनिबार

मदिरा नियन्त्रण कार्यान्वयनमाः जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षक पहिलो निशानामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शेरबहादुर थापा

सुर्खेत, १४ भदौ । दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकामा मदिरा नियन्त्रण अभियान कार्यान्वयनमा आएको छ ।

नगरको पहिलो सभाले अनुमोदन गरेको उक्त निर्णयलाई निर्देशिका बनाएर कार्यान्वयनमा लगिएको नगर प्रमुख खडगराज उपाध्यायले हाम्रो अखबारलाई जानकारी दिए । भदौ १३ गते बसेको नगर कार्यसमितिको बैठकले उक्त निर्णयलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

उक्त कार्यविधिमा नगर क्षेत्रमा लाइसेन्स लिएका व्यापारीहरुले समेत होर्डिङ्ग बोर्ड टाँस्न पाउने छैनन् । प्रमुख उपाध्यायका अनुसार स्थानीय जनप्रतिनिधिहरु, सरकारी कर्मचारीहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक या अरु कोही व्यक्तिले मदिारा सेवन गरी सार्वजनिक स्थलमा प्रवेश गरेको खण्डमा पहिलो पटक ३ हजार, दोश्रो पटक ५ हजार र तेश्रो पटक १० हजार जरिवाना गरिने छ तर उनीहरुको अर्थिक अवस्था कमजोर भएको खण्डमा सो जरिवानाको मूल्य बमोजिम श्रम कारवाही गरिने छ ।

कार्यविधीमा हरेक पसलमा अनुगमन गर्ने, विद्यालय, स्वास्थ्य संस्था आसपासको १०० मिटरको दुरीमा मदिरा विक्री वितरणमा पूर्ण रोक लगाइएको छ । यसका साथै नगरपालिकाले १८ वर्ष मुनिका युवा युवतीलाई मदिराजन्य पदार्थ विक्री वितरण गर्न नपाइने कानुन बनाएको छ ।

उक्त कार्यविधीले स्थानीयहरुले घरमै बनाउने ‘लोकल रक्सी’लाई समेत उत्पादन तथा विक्री वितरण गर्न रोक लगाएको छ । नगर प्रमूख उपाध्यायका अनुसार उनीहरुको आर्थिक अवस्था हेरेर उनीहरुलाई सीपमूलक तालिमहरु दिने गरी नगरपालिकाले कार्यक्रम बनाइरहेको छ । जसरी पनि नगरपालिकालाई मदिरा नियन्त्रण गराइ छाड्ने उनको प्रतिबद्वता छ ।