२१ कार्तिक २०८३, शनिबार

चन्द्रागिरीमा धम्क्याएर बालिका बलात्कार गर्ने दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा चन्द्रगिरी नगरपालिका–६ खिसिपिडी बस्ने १८ बर्षीय सुबास सुनार र सोही ठाउँ बस्ने मकवानपुर भिमफेदी– ६ घर भएका १९ बर्षीय सरोज सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरुले चन्द्रगिरी नगरपालिका–६ बस्ने मकवानपुर नौखन्ने घर भएकी ११ बर्षीया बालिकालाई बिगत लामो समयदेखि कसैलाई भन्यौ भने मारदिन्छु भनी धम्क्याई जवरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।