सप्तरी, १४ भदौ । एशोसियसन अफ लायन्स क्लब ईन्टरनेशनल डिक्ट्रिक्ट ३२५ एटु नेपालअन्तर्गत लायन्स क्लब काठमाडौं सम्वृद्धिले सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको छ । सम्बृद्धिले सप्तरी गोबर गांढास्थित एक सय परिवारलाई राहत वितरण गरेको हो । गोबर गांढाका बाढी पीडित प्रत्येक घर–परिवारलाई एक बोरा चामल, ४ केजी चिउरा, एक–एक वटा झुल र नगद एक लाख रुपैयां बराबरको नयां लत्ताकपडा दिइएको थियो ।
लत्ताकपडा भने १६ बर्ष मुनिका केटाकेटीलाई मात्र वितरण गरिएको थियो । लायन्सको जोन चेयरपर्सन चक्रपाणी दाहाल (लायन्स क्लब अफ लहान सिटी) को संयोजकत्वमा राहत वितरण गरिएको थियो ।
सम्वृद्धिका संस्थापक अध्यक्ष शम्भुबहादुर थापाले प्रत्यक्ष बाढी पीडित परिवारलाई भेटेर नै आफूले राहत वितरण गरेको बताए । उनले भने, ‘राहत बास्तविक पीडित परिवारलाई नै पुगोस् र कसैले बिचमा तलमाथि नगरोस् भन्नका लागि पीडित परिवारलाई भेटरै राहत वितरण गरिएको हो ।’ सदस्यताको आधारमा सम्बृद्धि सवैभन्दा ठूलो क्लब हो ।














प्रतिक्रिया