२१ कार्तिक २०८३, शनिबार

धमला कार्यकारी निर्देशक नियुक्त

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । त्रिभुवन विश्वविद्यालयले आइतबार प्रा डा भूपप्रसाद धमलालाई विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

प्रा डा धमला पाटन बहुमुखी क्याम्पसमा अंग्रेजी विषय अध्यापन गर्नुहुन्छ । उहाँले हालसम्म अंग्रेजीमा छ पुस्तक, तथा भाषा, साहित्य र राजनीति विषयमा ३२ अनुसन्धानमूलक लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्नुभएको छ । उहाँ मोलुङ रिसर्च जर्नलको प्रधानसम्पादक समेत हुुनुहुन्छ । रासस