२१ कार्तिक २०८३, शनिबार

उदयका परिवार भन्छन्– मानवअधिकार अयोग खारेज गरे हुन्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । भारतको सिलगुढीमा १८ दिनथुनामा रहेको इलामका उदयहाङ फागोका परिवारले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

आफ्नी आमाको उपचारका लागि सिलगुढी गएका बेला पश्चिम बंगाल सरकारले झुटा आरोप लगाएर पक्राउ गर्दा नेपाल सरकारले छुटाउनका लागि कुनै पहल नगरेको आरोप फागोका परिवारले लगाएका हुन् ।

इलाम जिल्ला सुर्योदय नगरपालिका–१० निवासी उदयहाङ फागुलाई पश्चिम बंगाल प्रहरीले दार्जिलिङ आन्दोलन लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको झुटा आरोप लगाएर पक्राउ गरेको थियो ।

मानवअधिकार परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै पक्राउ परेर १८ दिनको थुनापछि मुक्तभएका उदयहाङ फागोकी दिदी साधना फागोले नेपाल सरकार र राष्ट्रिय मानवअधिकार अयोग निरिह रहेको अरोप लगाइन् । साधनाले भनिन्, “मानवअधिकार आयोग कहाँ छ ?”

उदयहाङले आफ्नी आमालाई उपचारका लागि सिलगुढी गएका बेला दार्जिलिङ आन्दोलनमा सहभागि भएको झुटो आरोपमा बंगाल प्रहरीले पक्राउ गरेर यातना दिएको थियो । अस्पतालबाट नै उदयहाङलाई सोधपुछका लागि भनेर प्रहरीले पक्राउ गरेर १८ दिनसम्म थुनामा राखेको उदयकी दिदी साधनले जानकारी दिइन् ।

सादा पोशाकमा आएका प्रहरीले माथिको आदेश भन्दै जबरजस्ती पक्राउ गरेको साधनाको भनाई छ । २ मिनेटकालागि भनेर लगिएपनि अलमल्याएर भोलिपल्ट सम्म राखेर अदालतमा मुद्दा दायर गरिएको साधनाले बताइन् । मुद्दा दायरपछि म्याद थप गर्दै दुःखदिइएको थियो ।

अहिले पनि साधारण तारेखमा छुटाइएको भन्दै उदयकी दिदी साधनाले अब तारेख धाउन नजाने अडान लिएकी छिन् । “सरकारले नै अब नेपाली नागरिकका लागि तारेख धाउनुपर्छ । मुद्दा खेप्नुपर्छ,” साधनाले भनिन् ।

यसक्रममा नेपाल सरकारलाई विभिन्न तरिकाबाट ध्यानाकर्षण गराउँदापनि छुटाउनका लागि कुनै पहल नगरिएको उदयका दाजु शरण फागुले बताए । भारतीय परराष्ट्रमन्त्री सुश्मा स्वराज नेपाल आएका बेलासमेत समस्याका बारेमा जानकारीसहित पत्र पठाउँदा पनि कुनै पहल नभएको शरणको भनाई छ ।

यता प्रधानमन्त्री कार्यालयमा समेत ज्ञापन पत्र बुझाइएको थियो । त्यहाँबाट पनि कुनै पहल गरिएन । राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी गरिएको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइयो । “आयोगले उजुरी दिदा तस्विर खिचाइयो । पहल गर्ने आश्वासन दिइयो । तर केही काम गरिएन,” शरणले भने ।

पक्राउ परेका उदयहाङले झुटो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेर अनावश्यक यातना इिएको गुनासो गरे । स्वतन्त्र देशको नागरिकलाई पक्राउ गरी आफुसँग भएको नागरिकता, मतदाता परिचयपत्र र सवारी चालकअनुमतिपत्रसमेत भारतीयप्रहरीले अपमानजनकतरिकाले फालिदिएको पिडित युवाउदयहाङले सुनाए । “आफ्नो नागरिकतामाथिभारतीयप्रहरीले अपमानगर्दा मन धेरै रोयो ।”
“सरकारले इट्टा र माटो देओस्, हामीसिमानामापर्खाल लगाउनतयार छौँ । ” भारतीयसिमाजिल्लाइलामकाउदयहाङले भने ।
कसरी छुटे उदयहाङ?
सरकारी निकाय र मानवअधिकार आयोगबाट कुनै पहलनभएपनिउदयका परिवारले छुटाउने प्रयास गरिरहेकाथिए । यसबिचमाविभिन्न संचारमाध्यममा घटना समाचारको रुपमाबाहिर आएपछि मानवअधिकार परिषद्को ध्यानाकर्षण भएको थियो । परिषद्काअध्यक्षतुलसीथापाको पहलमाउदयलाई छुटाउन सफलभएको उदयका परिवारले बताए । परिषदकाअध्यक्षथापाले घटनाको बारेमाथाहा पाएपछि आँफै अग्रसर भएर छुटाउने प्रक्रिया सुरु गरेकाथिए । परिवारसहित कसैलाई पनि भेट्न नदिई स्लिपिङ ट्याब्लेट खुवाएर थुनामा राखिएकाउदयहाङलाई छुटाउनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मानवअधिकार परिषद् र यसकाअध्यक्षतुलसीथापालाई परिवारले धन्यवाददिए । उदयहाङकीदिदीले साधनाले त राष्ट्रिय मानवअधिकार आयोगले कुनै कामगर्न नसकेको आरोप लगाउँदै मानवअधिकार परिषद्लाई नै मान्यतादिन सरकारसँग आग्रहगरिन् ।
छुटाउनका लागिपूर्व प्रधानमन्त्रीझलनाथखनाल, इलामबासी, पत्रकार लगायतको पनि सहयोग मिलेको भन्दै उदयहाङकीदिदी साधनाले सबैलाई धन्यवाददिइन् ।
कार्यक्रममानवअधिकार परिषदकाअध्यक्षतुलसीथापाले झुटो आरोपमाथुनामा परेकाउदयहाङलाई छुटाउन धेरै मिहिनेत गर्नुपरेको बताए । सामान्यप्रक्रिया पूरा गर्न पनिभारतीयपक्षले दुःखदिएको गुनासो थापाले गरे ।
थापाले नेपालकाप्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममाभारतीय समकक्षीसँग यस्ता समस्याको विषयमाकुनै कुरा नगरेको भन्दै आक्रोष व्यक्त गरे ।