काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले राजनीतिक परिवर्तनमा प्रेसजगतले सकारात्मक भूमिका खेलेकाले मात्रै परिवर्तन सम्भव रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको स्वागतमा नेता सिंहले आफ्नै निवास चाक्सीबारी ठमेलमा आइतबार आयोजना गर्नुभएको चियापान कार्यक्रममा मुलुकमा अहिले आएको परिवर्तन ल्याउन पत्रकारहरूको ठूलो भूमिका रहेको बताउनुभएको हो ।
‘मुलुकमा जसरी परिवर्तन ल्याउन पत्रकारहरूले सकारात्मक भूमिका निर्वाह गर्नुभयो त्यसैगरी राजनीतिक स्थिरता कायम गर्न भूमिका आवश्यक छ’, उहाँले भन्नुभाये ।
मुलुकलाई समृद्धिको अभियानमा अगाडि बढाउन पनि जिम्मेवार पूर्णभूमिका खेल्नुपर्ने सिंहले बताउनुभयो ।
‘हाल जनतामा राजनीतिक अस्थिरताका कारणले निराशा छाएको छ’, कांग्रेस नेता सिंहले भन्नुभयो, ‘जनतामा उत्साह जगाउन पत्रकाहरूले महत्वपूर्ण भूमिका खेल्नु पर्छ ।’












प्रतिक्रिया