२१ कार्तिक २०८३, शनिबार

चक्रपथ सफाई अभियानको २०औँ हप्ता पूरा, एमाले नेता खनाल आफैले उठाए फोहर

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । चक्रपथ क्षेत्रमा बढदै गएको फोहरले जनजीवनमा समेत गम्भीर प्रभाबपार्न थालेको कुरालाई ध्यानमा राखी चक्रपथ सफाइ अभियान शुरु भएको साढे चार महिनाअर्थात २० औँ हप्ता पूरा भएको छ ।

शनिबार २० औँ हप्ता पूरा भएको अवसरमा नारायणगोपालचोकमा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री रबिन्द्र खनाल, डिआइजी सर्बेन्द्र खनाल, पूर्व राजदूत जयराज आचार्य, काठमाडौ महानगरपालिका वडा नं ३ का अध्यक्ष दीपक केसी लगायतका बिशिष्ट व्यक्तिहरूले सफाइ अभियानमा साथ दिएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले चक्रपथ सफाइ अभियान प्रारम्भ गर्नेहरूप्रति आभार ब्यक्त गर्दै राम्रो काममा सबै सहभागी हुन आह्वान पनि गर्नु भएको छ ।

सो अबसरमा कार्यक्रम संयोजक लोकबहादुर टण्डनले ग्रिनसिटी अस्पतालको संयोजनमा भएको सफाई अभियान उदाहरणीय भएको बताउनु भयो ।

१९ हप्ता नागरिकहरू स्वयं सक्रिय भएर भएको सफाई अभियान २०औँ हप्तामा आएर महाअभियानको रुपमा परिणत भएको छ ।

महानगरपालिका ३ का वडाध्यक्ष केसीले यो अभियानलाई संभबभएसम्म दैनिक संचालन गर्ने सोचाइ समेत भएको बताउनुभएको छ ।

रिङरोडको छेउछाउमा पसल राख्ने, ढुङ्गा रोडा राख्ने, काठ दाउरा राख्ने मात्र होइन फोहर फ्याक्ने समेत गरेकाले पैदलयात्रु हिँड्न समेत बाधा हुने गरेकाले नागरिकहरूकै पहलमा स्वतस्फुर्त रुपमा सफाई अभियान प्रारम्भ गरिएको हो ।

ग्रिनसिटी अस्पतालको संयोजनमा प्रारम्भ गरिएको सफाई अभियानबाट अहिलेसम्म ४ सय टनभन्दा बढी फोहर संकलन गरिएको छ ।

संकलित फोहर लैजानका लागि काठमाडौं महानगरपालिका र टोखानगरपालिकाले सहयोग गरेको छ ।

प्रत्येक शनिबार बिहान ७ देखि ९ बजेसम्म फोहर संकलन अभियानमा काठमाडौं महानगरपालिका, टोखानगरपालिका, लायन्स क्लब, ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समूह होटल व्यवसायी संघ, हिमालय वातावरण संस्था, पत्रकार कलाकार, राजनीतिज्ञ, प्रहरी सशस्त्र प्रहरी, नेपाली सेनाको पनि सहभागिता हुने गरेको छ ।

महाराजगंज, नारायणगोपाल चोकदेखि नयाँ बसपार्कसम्मको सडकको दायाँबायाँ सार्बजनिक ठाउँमा वर्षौदेखि फालिएका फोहर संकलन गरेर फ्याकिएपछि सो क्षेत्र सफा देखन थालेको छ । तर अझै पनि फोहर उठाउँदै जाने अनि सोही क्षेत्रका नागरिकले यत्रतत्र फोहर फाल्न छाडेका छैनन् ।

चक्रपथभन्दा पनि टाढाटाढाबाट फोहर संकल नगर्न गर्ने गरिएको तर, सोही क्षेत्रका नागरिक, पसललेले यत्रतत्र फोहर फाल्ने गरेको पाइएपछि सफाई अभियानताहरूको सहयोगमा प्रहरीले कारबाही पनि गर्न थालेको छ । कारबाही प्रारम्भ भएपछि फोहर फाल्नमा कमी भएको छ । तर लुकेर पुलमुनी र कुनाकानी फोहर फाल्ने घृणित प्रबृत्ति अझै पनि रहेको छ ।

ग्रिनसिटी अस्पतालका अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको संयोजकत्वमा भएको चक्रपथ सफाई अभियानमा बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका बोर्ड डाइरेक्टर टंक पन्त, मुकुन्द ढुंगाना, युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा बिष्णु गौतम, कलाकार तिलक बस्नेत, कलाकार निर्देशक अर्जुन पाण्डे, जेनिथ शर्मा, सीताराम पाठक, समाजसेबी रेनु गुरुड, मीना न्यौपाने, बासु गिरी, छत्र बस्नेत, पदम लिम्बु, लच्मी ओली, ग्रिनसिटी अस्पतालका कर्मचारी नर्स सहित ५० जनाको यो अभियानमा निरन्तर सक्रियता र सयोजन रहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बागमती संरक्षण संस्था सहित प्रत्येक हप्ता कम्तिमा ३ सयको सहभागिताले स्थानीयबासिन्दालाई हाम्रै कारणले कारणले फोहर हुन दिनु हुँदैन भन्ने सन्देश दिन थालिएको छ ।