– शेरबहादुर थापा
दैलेख, १० भदौ । नेपाल मजदुर किसान पार्टीका पूर्व केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सचिवालय सदस्य तर्कबहादुर बडुवाल एमालेमा प्रवेश गरेका छन् ।
करिब ३५ वर्ष नेमकिपामा आवद्व रहेका बडुवाल २०६४ सालको संविधान सभामा प्रत्यक्ष र २०७० सालको दोश्रो संविधानसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनेका थिए । शनिबार नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश नं. ६ का संयोजक युवराज ज्ञवालीले उनलाई पार्टी प्रवेश गराएका हुन ।
उपाध्यक्ष ज्ञवालीले देशै एमालेमय भएको भन्दै एमालेले मात्रै देशको रुपान्तरण गर्ने बताए । एमालेले देशको नेतृत्व गर्ने, प्रदेश बनाउने जिम्मा एमालेको काँधमा आएको भन्दै नेता ज्ञवालीले सबैको एकता, सहकार्यमार्फत देश विकासमा जुट्नुपर्ने बताए ।
सहसंयोजक यामलाल कंडेलले लामो समय वाम आन्दोलनमा विताएका जुझारु तर्क बडुवालको आगमनले उमाले थप बलियो हुने विश्वास व्यक्त गरे । उनले एमालेमा प्रवेश हुनु समयको माग भएको बताउँदै समृद्व नेपाल बनाउने दिशामा एमाले अघि बढिसकेको जनाए ।
यता बडुवालले सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एमालेमा आवद्व हुनुको विकल्प नभएको बताए । उनले भने, ‘३५ औं वर्ष नेमकिपामा लागेर राजनीति गरियो, अन्य दलहरुको चर्तिकला पनि हेरियो तर एमाले जत्तिको सम्र्वद्व, विकासप्रेमी पार्टी अरु भेटिएन ।’ आफूले पार्टी प्रवेश गर्नुको कारण बताउँदै नेता बडुवालले भने, ‘ देशको आमुल परिवर्तनको जिम्मा जनताले अब एमालेलाई दिन्छन र देशको आमुल परिवर्तन सम्भव छ ।’
नेकपा एमाले आठबीस नगर कमिटिले आयोजना गरेको बैठकमा प्रदेश सहसंयोजक तथा पोलिटव्यूरो सदस्य यामलाल कंडेल, एमाले जिल्ला कमिटि दैलेखका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।














प्रतिक्रिया