बारा, १० भदौ । तराई मधेसका अल्पसंख्यक जातिहरुले एमालेलाई सामूहिक रूपमा मतदान गर्ने निर्णय गरेका छन् । आज कलैयामा बसेको २ नं प्रदेशका सबै जिल्लाका अल्पसंख्यक र लोपोन्मुख जातीहरुको बृहत भेलाले सो निर्णय गरेको हो ।
एमाले नेताहरु निर्मल भट्टराई, सुन्दर बिश्वकर्मा, बिनोद साह, सत्रदेवि अधिकारी, ध्रुब यादव, राजु कुश्बडिया, लगायतका नेताहरुको उपस्थितीमा भएको सो भेलाले सामाजिक सुरक्षाका एजेन्डालाई सर्वप्रथम कार्यान्वयन गर्ने र स्थानीय तहलाई सुदृढ गर्न ऐतिहासिक भुमिका निर्वाह गर्ने एमालेलाई आगामी निर्वाचनमा मतदान गर्ने सामुहिक प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सो प्रयोजनको लागि हरिन्दर थबइको नेतृत्वमा सबै जिल्ला समेटेर १९ सदस्यीय प्रचार प्रसार समिति समेत गठन गरिएको छ ।















प्रतिक्रिया