२१ कार्तिक २०८३, शनिबार

अवैधानिक सम्बन्धन र त्रिविका उपकुलपति विरुद्ध “घण्ट” सभा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँले काठमाडौँको कालिकास्थान स्थित नेशनल मेडिकल कलेजलाई अवैधानिक सम्बन्धन दिएको विरुद्धमा विवेकशील साझा पार्टीले आज माइतीघरमा “घण्ट” सभा गरेको छ । सभामा सहभागीहरुले उपकुलपतिलाई तत्काल वर्खास्त गरी उक्त कलेजलाई दिएको सम्बन्धन खारेज गरी माथेमा प्रतिवेदन अनुसार स्वास्थ्य शिक्षा ऐन निर्माण गरी स्वास्थ्य शिक्षामा भएको बेथिति हटाउन माग गरेका थिए।

“घण्ट” सभामा बोल्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य शशी विक्रम कार्कीले “मन र मस्तिस्क बन्द भएका सरकार र सांसदहरुलाई ब्युझाउन “घण्ट” सभा आयोजना गरिएको भन्दै अब सम्पूर्ण नेपालीहरूले “चुपतन्त्र” तोड्दै “लुटतन्त्र” विरुद्ध उभिएर “लोकतन्त्र” को बचाउनुपर्ने बताउनुभयो । उहाँले “एमालेका अध्यक्ष केपी ओली उपचारका लागि थाईल्याण्ड गईरहदा स्वयम बिरामी रहेका डा. गोविन्द केसी आफ्नै खर्च बाढीपिडितका उपचारका लागि तराई जानुले पनि नेपलीहरुका वास्तविक नेता को हुन् भन्ने प्रस्ट पारेको उल्लेख गर्नुभयो ।”

कार्यक्रमका अर्का सहभागीले “तिर्थ खनिया जस्ता भ्रष्ट व्यक्ति हरुलाई सामाजिक बहिष्कार गर्न अपिल गरेका छन् । कार्यक्रममा “माफियाहरु देश घेर्दै, ६०१ के हेर्दै”, “लुटतन्त्र कहिले सम्म, तिर्थ खनिया जहिले सम्म” जस्ता नाराहरू लगाइएको थियो । अन्त्यमा, कार्यक्रमका सहभागीहरुले वरपरका फोहोरहरुको पनि व्यवस्था गरेका थिए ।