सप्तरी, ८ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएन)ले बाढी र डुबानबाट प्रभावित सप्तरीबासीलाई राहत वितरण गरेको छ ।
‘नेपालका लागि नेपाली’ भन्ने मुल मन्त्रसहित सहयोगी हातहरु अगाडि बढाउदै आएका गैर आवासीय नेपालीहरु नेपाल आमालाई दुख पर्दा, आपत बिपत हुँदा सदैब सहयोग गर्न तत्पर रहेर आफ्नै हातबाट सामाजिक कार्यमा हातेमालो गर्दै आएको बेला अहिले तराईका बाढीपीडितलाई राहत वितरणमा लागेको हो ।
एनआरएन अध्यक्ष डा. शेष घले, बरिष्ठ समाजसेवी जमुना गुरुङ, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम बहादुर (त्रिलोक) गुरुङ, गैह्र आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय संयोजक सोनाम शेर्पा लगायतका प्रतिनिधिहरु आफै सप्तरी जिल्लाको अति बिकट तथा अहिलेसम्म कही कतैबाट राहत नपुगेको मैना कदेरी गाउँपालिकामा भएका बाढीपीडित जनतासम्म दैनिक उपभोग्यका सम्मानहरु चामल, दाल, तेल, नुन, तथा अन्य खाने कुराहरुको साथमा झुल तथा पनि सफा गर्ने पियुस लगायतका दैनिक जीवनका महत्वपूर्ण समानहरु उक्त गाउँपालिकामा रहेका ६०० सय घर परिवारलाई वितरण गरिएको जानकारी गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम बहादुर (त्रिलोक) गुरुङले गराएका छन् ।
बिगत दुई दिनदेखि बाढी पीडित राहत वितरणमा खटिएको गैह्र आबसिय नेपाली संघका प्रतिनिधिहरुले उक्त गाउँसम्म पुग्न सडक समेत बिग्रिएको हुँदा बाटो समेत आफैलाई बनाउदै उक्त राहत वितरण टोली विकट स्थानसम्म पुगेर पीडितको मुहारमा खुशी तथा आशाका किरण ल्याउन सफल भएको थियो ।














प्रतिक्रिया