२१ कार्तिक २०८३, शनिबार

कमल थापाले गराए सरकारलाई झट्का लाग्ने निर्णय!

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयक असफल पार्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले संशोधन विधेयकलाई आज संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरेका बेला विहान सिंहदरबारमा संसदीय दलको बैठक बोलाएर विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।

यस्तो छ राप्रपाद्वारा जारी विज्ञप्तिः

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार बसेको छ ।

बैठकले पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्न गरेको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकको निर्णय अनुसार एवं दलका नेताको निर्देशन अनुसार प्रमुख सचेतक कुन्ती कुमारी शाहीद्धारा राजनीतिक दल सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम मिति २०७४ भदौ ५ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

मोहन श्रेष्ठ
सहप्रवक्ता