नवलपरासी, ३ भदौ । बाढीप्रभावित नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थीत सेरीमा अनेरास्ववियु नवलपरासीले बालबालिकालाई शैक्षिक सामाग्री तथा प्रभावितलाई राहत सामाग्री वितरण गरेको छ ।
सो स्थानका ३० जना बालबालिकालाई झोला, कापि, कलव लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो भने सोहि स्थानका २२ घरधुरिलाई राहत सामाग्री वितरण गरिएको अनेरास्ववियुका जिल्ला सचिव ठाकुर पराजुलीले बताउनुभयो । अन्य विद्यार्थी संगठन भने अझै व्युँजेका छैनन् ।
२२ घरधुरीलाई एक बोरा चामल, नुन, तेलका दरले करिव ७५ हजार बरावरको खाद्यान्न सामाग्री वितरण गरिएको सचिव पराजुलीले बताउनुभयो । अनेरास्ववीयु नवलपरासीका अध्यक्ष शुसान्त शर्मा घिमिरेको अध्यक्षता तथा एमाले नवलपुर जिल्ला सचिवलाय सदस्य भिमलाल अधिकारीको प्रमुख आतिथ्य, जिल्ला सदस्य तथा विद्यार्थी ईन्चार्ज भिम कण्डेलको विशेष आतिथ्यमा सो राहत वितरण गरिएको थियो ।
बाढीबाट प्रभावित बालबालिकाले पढ्न पाउने अधिकारबाट बन्चीत हुनुनपरोस र उनिहरुका अभिभावकलाई पनि केही राहत पुगोस भनेर अनेरास्ववियुले राहत संकलन गरि वितरण गरेको अध्यक्ष शुसान्त शर्मा घिमिरेले बताउनुभयो ।












प्रतिक्रिया