काठमाडौं, ३ भदौ । तराईका बाढी र डुबान पीडितको उद्धार र राहतमा युवा संघ नेपाल खटिरहेको छ ।
यसैक्रममा केन्द्रीय कमिटी र सप्तरी युथ नेपालको संयुक्त आयोजनामा डुमरी शिबधान लगायत विभिन्न ठाउँहरुमा सप्तरीमा आएको बाढीकारण मुत्य जनावरको ब्यबस्थापन, सरसफाइ, विभिन्न किराहरु, सर्पको बिगबिगीको नियन्त्रणको लागि ब्लजिन पाउडर छर्ने कार्य भइरहेको छ । बाढीले बिगारेको बाटो बनाउने काम पनि युवा संघ नेपालले गरेको छ ।
त्यस्तै, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, सचिब नरेश शाही, स्थायी कमिटी सदस्य प्रभातविक्रम कटवाल, सप्तरी युथ नेपालका अध्यक्ष, युवा संघ नेपाल सप्तरी नगरपालिका कमिटीका अध्यक्ष दिपक यादव, सप्तरी युथका पुर्ब अध्यक्ष विष्णु यादव लगायतको उपस्थितमा आज राजबिराजमा बाढीले ग्रस्त ठाउहरुमा सरसफाइ कार्य सम्पन भएको छ ।
सप्तरीका युवाहरु र स्थानीय जनताहरुको निकै बाक्लो उपस्थितका बीचमा सरसफाइ सम्पन्न भएको सप्तरीबाट नेता प्रभातविक्रम कटवालले जानकारी दिए ।
















प्रतिक्रिया