काठमाडौं, ३ भदौ । मानब बेचबिखन बिरुद्धको साझा संजाल एटवीनको अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
निबर्तमान अध्यक्ष मीना बिष्टको अध्यक्षतामा भएको अधिबेशनले हिमराइट्सकी अञ्जना शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा ग्रामीण महिला सिर्जनशील परिबार सिन्धुपाल्चोककी नानीमाया थापा, इन्सेककी सम्झा श्रेष्ठ, शक्ति समूहकी बालकुमारी राना, कोषाध्यक्षमा शान्ता खनाल, सदस्यहरूमा सीता पौडेल, तारा भण्डारी, चमेलिया मगर, ईन्द्र भण्डारी चयन भएका छन् । निबर्तमान अध्यक्ष स्वतः बरिष्ठ सदस्य हुने ब्यबस्था छ ।
अधिबेशनमा निबर्तमान कार्यसमितिको सक्रियता र प्रभाबकारिता उत्साहजनक रहेको सदस्यहरूले बताएका थिए ।
मानब बेचबिखन बिरुद्ध एटवीनको २० वर्ष नामक पुस्तक प्रकाशन सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको अधिबेशनको निष्कर्ष रहेको छ ।












प्रतिक्रिया