२१ कार्तिक २०८३, शनिबार

फोरम नेपालले तोक्यो आफ्ना नेताहरूलाई राहत रकमको दायित्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । सङ्घीय समाजबादी फोरम नेपालले नेवाः प्रदेशमा पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको अगुवाइमा बाढीपीडितका लागि राहत सामाग्री सङ्कलन कार्यक्रम सुरु गरेको छ ।

उक्त कार्यक्रममा जनताहरुद्वारा लत्ताकपडा, खाद्यान्न, औषधि र नगद सहयोग गरेका छन् । बाढी पहिरोबाट अकालमै ज्यान गुमाएका जनताहरुप्रति भाबपुर्ण श्रद्दान्जली अर्पण गर्दै सङ्कलित सामाग्रीहरूलाई तत्कालै डुबान क्षेत्रमा पठाउने तयारी गरिएको छ ।

पार्टीको वाढी पहिरो सहयोग समितिले पहिलो र दोस्रो दिन नेवाः प्रदेशको काठमाडौँ र तेस्रो दिन ललितपुरमा राहत सङकलन गरेका थिए भने चौँथो दिन भक्तपुरमा सङ्कलन गर्ने लक्ष्य रहेको छ । राहत सङ्कलनका सन्दर्भमा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै नेता श्रेष्ठले काठमाडौँवासीहरू पहाडमा भूकम्प गएको बेला जस्तै अहिले मधेसी जनताको दुःखमा संवेदनशील रहेको बताएका छन् ।

ससफो नेपालले वाढी पीडितको सहयागार्थ राजेन्द्र श्रेष्ठको संयोजकत्वमा मूल समिति तथा पार्टी केन्द्रीय सदस्य विद्युत बज्रचार्यको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरेको थियो ।

पार्टीले सबै नेता कार्यकर्ता तथा देश विदेशका पार्टी तथा भातृ सङ्गठहरूलाई पनि मन खोलेर सहयोग गर्न अपिल गरेको छ ।

पार्टीले राहत सहयोगको लागि प्रतिव्यक्ति निम्नानुसारको न्युनतम दायित्व तोकि यथासिघ्र केन्द्रीय कोषमा रकम जम्मा गर्न निर्देशन गरिएको छ ।

दायित्व

१) पदाधिकारी तथा राजनीतिक समिति सदस्यहरू.      रू ३०००/–
२) केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका सदस्यहरू    रू. २०००/–
३) केन्द्रीय परिषद सदस्यहरू                                रू. १०००/–
४) क्रियाशिल सदस्यहरू                                      रू. १००/–
५) माननिय सांसदहरू                                   १ महिनाको तलब
६) नेपाली सङ्घीय समाजबाट नेफेसो केन्द्रीय सम्पर्क समितिले तोके बमोजिम ।