२८ आश्विन २०८३, बुधबार

नायिकाको स्तनमा सेन्सरको कैची

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

the-expose-sonali-raut

हिमेश रेशमियाको आगामी हप्ता रिलिज हुन लागेको फिल्म ‘द एक्सपोज’को विषयलाई लिएर भारतीय फिल्म सेन्सर बोर्ड कडा रुपमा प्रस्तुत भएको छ। बोर्डले फिल्मकी नायिका सोनाली राउतको एक हट सिनलाई हटाउने आदेश दिएको छ भने यसअघि पनि बोर्डले फिल्मको केही दृश्यमा आपत्ति जनाउँदै उक्त दृश्यहरु काट्न भनेको थियो।

फिल्मको एक दृश्यमा पारदर्शी सेतो साडी लगाएकी सोनालीले भगवान शिवको पुजा गरिरहेको देखिन्छिन्। जसमा नायिकाको स्तन प्रष्टसँग देखिन्छ। फिल्मको प्रोमोको पहिलो दृश्यमा पनि सोेनालीको हट दृश्य देख्न पाईन्छ। बोर्डले यो दृश्य ७० को दशकको राजकपुर निर्देशित फिल्म ‘सत्यम शिवम् सुन्दरम’मा जीनत अमानले दिएको हट दृश्यसँग सोनालीलाई तुलना गरेको छ। उक्त समयमा आएको जीनतको हट प्रस्तुतिले बउिडमा निकै खैलाबैला मच्चाएको थियो।

फिल्मका क्रिएटिभ निर्माता राकेश उपाध्यायले सन् ७० दशकको गल्ती नदोहो¥याउन बोर्डले आफुलाई आदेश दिएको बताए । यसअघि बोर्डले फिल्मको प्रोमोमा देखिएको नायिका जोया अफरोजको बिकिनी दृश्यमा आपत्ति जनाएको थियो।