२८ आश्विन २०८३, बुधबार

सिरहामा गोली चल्यो, अहेब पनि अपहरित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goli-prahar

लहान । सिरहाको चोहर्वा– सिरहा सडकखण्डको विष्णुपुर चोकनजिकै सोमबार बिहान ५ बजे अज्ञात समूहले गोली चलाउँदा एक सर्वसाधारण घाइते भएको छ ।

घाइते हुनेमा सिरहाको लक्ष्मीपुर–२ बस्ने करिब २५ वर्षीय जोगिन्द्र पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो । दाहिने कोखामा गोली लागेका पासवानलाई उपचारका लागि विराटनगर लगिएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।

बिहान ५ बजेतिर विष्णुपुर चोकमा आफन्तलाई बस चढाएर घर फर्कंदै गर्दा चोकबाट करिब ५०० मिटर पूर्व नहर छेउमा मोटरसाइकलमा आएका दुईजनाको अज्ञात समूहले गोली प्रहरी गरेर भागेको प्रहरीले जनाएको छ ।

पासवानमाथि गोली कसले र किन प्रहार गरेको भन्ने केही खुलेको छैन । प्रहरीले गोली प्रहार गर्नेको खोजी भइरहेको जनाएको छ ।

यसैगरी, सिरहाको धनगढी–१ छपराडीका अहेव वीरेन्द्रकुमार महतोलाई आइतबार अज्ञात समूहले अपहरण गरेका छन् । घरमै रहेको पोलिक्लिनिकबाट तीन÷चारजना अपरिचित व्यक्तिले अपहरण गरी लगेको पीडित परिवारले जनाएको छ ।

अपहरणमा परेको भनेर खबर गरेपछि इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय सिरहाको गस्ती टोली घटनास्थल पुगेर रातभर खोजे पनि फेला पर्न सकेका छैन ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले रातभर खोजी कार्य गरे पनि अहिले पनि भेटाउन नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“घरबाट सम्पर्कविहीन भएको केहीबेरमा घरमा फोन गरेर आधा घण्टामा आउँछु भनेर अहेब महतोले भनेका थिए । तर आधा घण्टामा घर पुगेनन् र हामीलाई खबर गरेपछि खोजी कार्य जारी राखेका छौँ ।”