जनकपुरधाम । पाँचजनाको ज्यान जानेगरी भएको जनकपुर बम काण्डका मुख्य आरोपी सभासद् सञ्जयकुमार साहलाई जिल्ला अदालत धनुषाले सिरहा कारागार पठाउने आदेश दिएको छ ।
यसअघि गत बिहीबार जिल्ला अदालत धनुषाका न्यायाधीश कैलास केसीले निज साहलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिँदै महोत्तरीको जलेश्वर कारागारमा राख्न आदेश दिनुभएको थियो । तर महोत्तरी कारागारले सुरक्षाका कारण देखाउँदै साहलाई राख्न इन्कार गरेको थियो । साह अहिलेसम्म जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका छन् ।
जिल्ला अदालत धनुषाका न्यायाधीश लोकजंग शाहले आइतबार साँझ साहलाई सिरहा कारागार पठाउन आदेश दिएको अदालतका स्रेस्तेदार नरनारायण पौडेलले जानकारी दिनुभयो ।
आरोपी साहलाई सोमबार सिरहा कारागार पठाइने भएको छ ।














प्रतिक्रिया