२१ कार्तिक २०८३, शनिबार

बाढीपीडित बालबालिका अझै भोकै–नाङ्गै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३० असार । मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका अझै नाङ्गै हिँड्न बाध्य भएका छन् ।

गत वर्षको साउन १० गते मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काएर गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा र सबै घर बगाएको थियो ।

त्यसपछि विस्थापित भएका मोरङको डाइनिया–३ र ८ का १५० घरपरिवारका करिब २०० बालबालिकाको शरीरमा आङ छोप्ने लुगा नहुँदा नाङ्गै हिँड्न बाध्य भएका हुन् ।

डाइनिया गोविन्दपुर सडकखण्डको छेउको मुस्लिम बस्तीका बालबालिकालाई नाङ्गै हिँड्नु परेको उनीहरुका अभिभावक अस्गर अलीको भनाइ छ ।

ओढ्ने–ओछ्याउने नहुँदा बालबालिका निद्रा नलागेर रातभरि जाग्राम बस्ने गरेको पीडित उर्मिलादेवी राजवंशीको भनाइ छ ।

बाढीबाट विस्थापित गरेकै दिनदेखि वृद्धवृद्धा र बालबालिकालाई निक्कै समस्या भइरहेको पीडितको भनाइ छ । सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा सो क्षेत्रमै बसोबास गर्दै आएका छन् । रासस