२१ कार्तिक २०८३, शनिबार

प्रतिबन्धित पाँचऔलेको कारोवारीलाई २१ लाख जरिवाना

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रामचन्द्र घर्ती

जाजरकोट, २९ असार । प्रतिबन्धित पाँचऔले को अबैध ओसार पसार गर्ने डोल्पाका नाम बहादुर बोहोरालाई जिल्ला अदालत जाजरकोटले आज ४ महिना कैदको फैसला गरेको छ । मुड्केचुला गाउँपालीका ६ डोल्पाका ६८ बर्षिय बोहोरालाई ४ महिना कैद संगै २१ लाख ८० हजार रुपैँया बिगो जरीवानाको फैसला गरेको छ ।

गत माघ १ गते अबैधरुपमा लैजादै गरेका बोहोरालाई जिल्लाको भेरी नगरपालीका–१ मैदेबाट १ हजार ९० गोटा पाँचऔले सहित प्रहरीले पक्राउ गरेको थियो । प्रतिवन्धित पाँचऔलेको प्रतिगोटा १ हजार रुपैँया मुल्य पर्ने र सोही अनुसारको विगो तथा जरिवानन गरीएको जिल्ला न्यायधिस लिलाराज अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच यो आर्थिक बर्षमा जिल्ला अदालत जाजरकोटले लक्ष भन्दा बढी मुद्दा फर्छौट गरेको छ । जम्मा १ सय ६० मुद्दा फर्छौट गर्ने लक्ष लिइएकोमा १ सय ६४ मुद्दा फर्छौट गरेको हो । जम्मा १ सय ९६ मुद्दा मध्य यो बर्ष ३२ मुद्दा फर्छैट हुन नसकेको न्यायधिस अधिकारीले जानकारी दिनु भयो । सबैभन्दा बढि सम्बन्ध बिच्छेदका मुद्दा फैसला भएका छन । अंश भराई तथा अंश नलिई सम्बन्ध बिच्छेदका ६९ मुद्दा फैसला भएको न्यायधिस अधिकारीले जानकारी दिनुभयो ।