
काठमाडौं, २२ असार । विवादै विवादमा परेर सांगठनिक रुपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ ।
स्थापना भएको १७ वर्षमा ९ वटा प्रमुख फेरेको सो संगठनका ४ जनामाथि भ्रष्टाचारको अभियोग लागेर अहिले अदालत धाइरहेका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
बहालवाला प्रमुख हुँदा नै भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेका तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त नेपालको सुरक्षा इतिहासमा कलंक लागेर निलम्बनमा पर्ने पहिलो व्यक्तिको रुपमा दर्ता भएका छन् ।
पछिल्लो पटक गर्न लागेको ऐन संशोधनले संगठनभित्रका उच्च अधिकारीबीच तिक्तता उत्पन्न गराइदिएको छ ।
सो संगठनभित्र ३० वर्षे सेवा अवधि हटाउने र सेवा अवधि ३२ वर्षे बनाउने खेलमा संगठनका प्रमुख नै लागेपछि विवादले उग्र रुप लिएको छ ।












प्रतिक्रिया