
काठमाडौं, २१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्ठथ ठाकुरसँग आग्रह गरेका छन् ।
मंगलबारको छलफलमा प्रधानमन्त्री देउवाले राजपासँगको सहमति आफ्नो सरकारले पालना गर्ने बताउँदै तत्कालै समर्थन फिर्ता नलिन आग्रह गरेका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
प्रधानमन्त्रीसँग भेटेलगत्तै ठाकुर भारतीय दूतावासमा छलफल गर्न पुगेका हुन् । सरकारलाई दिइएको समर्थनकै विषयमा दूतावासमा पनि छलफल भएको बुझिएको छ ।












प्रतिक्रिया