१५ कार्तिक २०८३, आइतबार

जनप्रतिनिधिले अब पारिश्रमिक नपाउने, रोक्यो अर्थले

21k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २१ असार । स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गृहकार्य अर्थ मन्त्रालयले रोकिदिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको सुविधा प्रस्ताव रोक्दै अर्थ मन्त्रालयले मंगलबार अर्को निर्देशन दिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अर्थले जारी गरेको स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक ब्यवस्थापन तथा सम्पत्ति हस्तानतरणसम्बन्धी निर्देशिकामा स्थानीय तहका जनप्रतिनिधको सुविधासम्बन्धी कानूनी ब्यबवस्था प्रदेशसभाले गर्ने उल्लेख छ ।