चितवन । नेपाली काँग्र्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति सुशील कोइरालाले नेतृत्व गरेको सरकारको काम कारबाहीका विषयमा आलोचना गर्र्ने बेला अझै नआएको वताउनु भएको छ ।
प्रेस युनियन चितवन शाखाले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै देउवाले भर्खरै सरकारको सय दिन पुगेकाले तुरुन्तै भन्ने अवस्था नरहेको वताउनु भयो ।
उहाँले यो सरकार विभिन्न पार्टी मिलेर वनेको र काम गर्ने अवस्थामै रहेकाले तत्काल आलोचना गरिहाल्नुपर्ने अवस्था नरहेको बताउनु भयो । देउवाले सरकारको विषयमा पार्टी भित्र कुनै आलोचना नभएको समेत दावी गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सरकारलाई पार्टीवाट सहयोग भएन भन्ने कुरा गलत भएको बताउनुभयो । ‘सरकारलाई व्यक्तिगत र पार्टीको तर्फवाट सक्दो सहयोग गरेका छौ,’ उहाँले भन्नुभयो ।
अहिले पार्टी मेची महाकाली जागरण अभियानमा लागेको भन्दै उहाँले लोकतन्त्र र दिगो शान्तिको अभियानमा सवै नेता संगै रहेको वताउनु भयो ।














प्रतिक्रिया