काठमाडौँ, २ कात्तिक । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको अभ्यास खेलमा श्रीलंकामा रहेको नेपाली टोलीले पहिलो जित हात पार्न सफल भएको छ ।
आइतबार भएको दोस्रो अभ्यास खेलमा नेपाल कोल्ट्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो ।
कोलम्बो कोल्ट्स क्रिकेट मैदानमा कोल्ट्सले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले ३५ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो ।
खेलमा नेपालका लागि कप्तान पारस खड्काले ६७ रन जोडेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्ल ५६ रनमा अविजित रहे । पारसले २ चौका र ४ छक्का हानेका थिए भने ज्ञानेन्द्रले २ चौंका र एक छक्का हाने । ३२.१ ओभरमा नेपालले १३७ रन बनाउँदा पारस आउट भए ।
पहिलो अभ्यास खेलमा भने श्रीलंका पोर्ट अथोरिटीसँग ७४ रनले पराजित भएको थियो ।













प्रतिक्रिया