२९ आश्विन २०८३, बिहिबार

नगरपालिका घोषणा भएको खुसीमा अबिरजात्रा, घरघरमा दीप प्रज्ज्वलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Syanja

स्याङ्जा । सरकारले स्याङ्जाका चापाकोट, कुवाकोट र रत्नपुर गाविसलाई मिलाएर चापाकोट नगरपालिका घोषणा गरेपछि स्थानीयवासी निक्कै खुसी भएका छन् ।

नगरपालिका घोषणा गरिएपछि खुसी साटासाट गर्न चापाकोट बजारमा भेला भएका तीन गाविसका राजनीतिक दल, शिक्षक, विद्यार्थी, नागरिक समाज र सर्वसाधारणले चापाकोट बजारमा अबिरजात्रा गरेको चापाकोट नगर विकास समितिका अध्यक्ष शिव पंगेनीले बताउनुभयो ।

“हाम्रा गाविसलाई अरूले दुर्गम गाउँका रूपमा हेर्ने गरेका थिए”– अध्यक्ष पंगेनीले निक्कै उत्साहित हुँदै भन्नुभयो–“सरकारले ढिलै भए पनि नगरपालिकाका रूपमा स्वीकृत दिएपछि हामीहरू निक्कै खुसी छौँ ।”

अबिरजात्राका क्रममा बोल्ने स्थानीयवसीले अब तीनओटै गाविसका प्राकृतिक स्रोत साधनको समान रुपले वितरण गरेर वडाहरू विभाजन गर्नुपर्नेमा जोड दिए ।

तीन गाविसलाई मिलाएर सरकारले चापाकोट नगरपालिका घोषणा गरेको खुसियालीमा रत्नपुर, चापाकोट र कुवाकोट गाविसवासीले शनिबार साँझ घरघरमा दीप प्रज्ज्वलन गरेको पनि उहाँले बताउनुभयो ।

चापाकोट नगरपालिका घोषणा भएपछि स्याङ्जामा नगरपालिकाको संख्या तीन पुगेको छ भने गाविसको संख्या ६० बाट घटेर ५७ मा सीमित भएको छ ।