२९ आश्विन २०८३, बिहिबार

इन्जिनियरका हत्यारा भारतीय नागरिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हत्याका आरोपी एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हाइड्रो पावर इन्जिनियरको अपहरण गरी हत्या गरेको आरोपमा भारत कलकत्ताका दिपाङ्गत दत्तलाई गएराति पक्राउ गरेको हो । केही महिना पहिले वीरगन्जको कैलाश होटलबाट इन्जिनियर लक्ष्मी कान्तलाई अपहरण गरी लगेको स्रोतले जनाएको छ ।

इन्जिनियर लक्ष्मीकान्तको पर्साको मनियारीमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । भारतीय प्रहरीको सहयोगमा निजलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।