२९ आश्विन २०८३, बिहिबार

माधव नेपाल नै अध्यक्षका लागि उपयुक्त: रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal

कैलाली । नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले एमालेको नबौँ महाधिवेसनबाट वरिष्ठ नेता माधवकुमार नेपाल नै अध्यक्ष हुने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल कैलालीले गरेको पत्रकार सम्मेलनमा नेता रावलले सबैलाई समेटेर लैजान सक्ने क्षमता नेपालमा भएकाले उहाँ नै अध्यक्ष हुँदा उपयुक्त हुने धारणा राख्नुभयो ।

उहाँले आगामी असारमा हुने महाधिवेशनमा आफू पदाधिकारी पदमा लड्ने बताउनुभयो । तर, के पदमा लड्ने भन्ने विषयमा उहाँले खुलाउनुभएन ।

आन्तरिक व्यवस्थापनका कारण महाधिवेशन सर्दै गएको बताउँदै नेता रावलले तोकिएकै मितिमा एमालेको महाधिवेशन हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले संविधानसभामा रिक्त रहेका २६ जनाको अहिलेसम्म टुंगो नलाग्नु सरकारको कमजोरी भएको उल्लेख गर्नुभयो ।

नेता रावलले सुदूरपश्चिम क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा कम बजेट आउने गरेको स्वीकार गर्दै नेता रावलले बजेट बढाउनका लागि सरकारसँग पहल गरिने बताउनुभयो ।