२९ आश्विन २०८३, बिहिबार

सामुद्रिक बाटो हुँदै साठी हजार शरणार्थी युरोप पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्विट्जल्यान्ड, १३ जेठ । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) ले सन् २०१७ मा सामुद्रिक बाटोबाट युरोप पुग्ने शरणार्थी सङ्ख्या ६० हजार पुगेको शुक्रबार जनाएको छ ।

यो सङ्ख्या गत वर्षको तुलनामा सामान्य कमी भए पनि अझै गरिबी र द्वन्द्वका कारण विभिन्न एसियाली मुलुक र अफ्रिकी मुलुकबाट खतरा मोल्दै सामुद्रिक बाटो हुँदै युरोप छिर्ने सङ्ख्यामा अपेक्षित कमी नआएको आईओएमले जनाएको छ ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार जेनेभास्थित संयुक्र राष्ट्रसङ्घीय निकायका अनुसार यस वर्ष युरोप छिरेकामध्ये अधिकांश अर्थात् ८० प्रतिशत आप्रवासी इटाली हुँदै युरोप छिरेका छन् भने बाँकी २० प्रतिशत ग्रीस, साइप्रस वा स्पेन हुँदै यहाँ आएका हुन् ।

आइओएमले सन् २०१७ को जनवरीदेखि अप्रिलसम्म युरोप छिर्ने क्रममा खतरा मोलेर यात्रा गर्ने क्रममा सामुद्रिक तथा विभिन्न जङ्गली क्षेत्रमा मृत्यु भएको छ ।

अधिकांशको भूमध्यसागरीय क्षेत्र लिबिया र सिसिलीको बीचमा मृत्यु भएको थियो ।

मृत्यु सङ्ख्या गत वर्षको सोही समयको तुलनामा केही बढी हो । सन् २०१६ जनवरीदेखि मे महिनाबीचमा एक लाख ९३ हजार ३३३ आप्रवासी युरोप छिरेका थिए भने एक हजार ३९८ जनाको मृत्यु भएको थियो । – एपी