२९ आश्विन २०८३, बिहिबार

बेलायती अभिनेता मुरको निधन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन (बेलायत), १० जेठ । बेलायती अभिनेता रोगर मुरको मङ्गलबार स्वीट्जरल्याण्डमा निधन भएको उहाँका पारिवारिक स्रोतले ट्वीटमार्फत जनाएको छ । उहाँ ८९ वर्षको हुनुहुन्थ्यो ।

प्रसिद्ध बेलायती अभिनेता मुर क्यान्सर रोगबाट केही समययता थला पर्नुभएको थियो । मुरको पारिवारिक स्रोतले ट्वीटमा भनेको छ , “हाम्रा प्रिय पिता, सर रोगर मुर को स्विट्जरल्यान्डमा मङ्गलबार मृत्यु भएको छ ।”

अङ्ग्रेजी लेखक इयान फ्लेमिङद्वारा लिखित उपन्यासमा आधारित धारावाहिक टेलिशृङ्खला जेम्स बोन्डमा अभिनय गरी ख्याती कमाएका बेलायती अभिनेता रोगर मुरले सन् १९५३ देखि अभिनय यात्रा शुरु गरी सन् १९९६ सम्म सक्रियरुपमा सिनेमा क्षेत्रको प्रगतिका लागि काम गर्नुभएको थियो ।

इयान फ्लेमिङको सन् १९५३ मा लेखिएको कृति जेम्स बोन्डमा आधारित टेलिचलचित्रले उहाँलाई स्थापित कलाकार बनाएको थियो ।

उहाँको इच्छाअनुसार उहाँ फ्रान्सको मोनाकोमा अन्तेष्टी गरिने मुरको पारिवारिक श्रोतले बताइएको छ । –एएफपी