२९ आश्विन २०८३, बिहिबार

साउदी सम्मेलन अर्थहीन नाटकमात्रै : रुहानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान (इरान), ९ जेठ । इरानका हालै पुनः निर्वाचित हुनुभएका राष्ट्रपति हसन रुहानीले सोमबार इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत गर्नुभएको सम्बोधनमा हालै साउदी अरबमा भएको क्षेत्रीय इस्लामिक राज्यहरुको सम्मेलन राजनीतिक महत्वविनाको एउटा नाटकमात्र भएको बताउनुभएको छ ।

रुहानीले भन्नुभएको छ, “आतङ्कवादलाई सभा, सम्मेलन एवम् राज्यको सम्पत्ति शक्तिशाली मुलुकलाई बुझाएर समाधान हुँदैन ।” रुहानीको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी हुनुभएको सम्मेलन र उहाँको सम्बोधनलाई इङ्गित गर्दै आएको हो ।

ट्रम्पले मध्यपूर्वमा रहेका मुस्लिम मुलुकले अतिवादी इस्लामिक समूहको नेतृत्वमा भइरहेको आतङ्कवादी गतिविधिका कारण समस्या झेल्नु परेको र यसलाई सबै मिलेर परास्त गर्नेपर्ने भनी आइतबार गरेको सम्बोधनलाई लिएर रुहानीको भनाई आएको हो ।

रुहानीले अमेरिकासँग साउदी अरबले हालै गरेको हतियार खरिद सम्झौताको कटाक्ष गर्दै भन्नुभएको छ, अमेरिकी सरकार मध्यपूर्वको आतङ्कवादविरुद्ध कहिल्यैँ लडेको छैन ।

रुहानी गत शुक्रबार भएको निर्वाचनमा ५७ प्रतिशत मत प्राप्त गरी इरानी राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको हो । – सिन्ह्वा