– आकाश देबकोटा
बाँके, ८ जेठ । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा राजनितिक समिति सदस्य मो. ईस्यिाक राईले भन्ने स्थानीय निर्वाचन अघि भएको सम्झौता पुरा गर्नुपर्ने बताउनुभएको छ ।
नेपालगञ्जमा भएको पार्टी प्रबेश कार्यक्रममा बोल्दै राईले भन्ने बिगतका सम्झौतालाई ध्यानमा राख्दै संबिधान संशोधन हुनुपर्ने माग समेत गर्नुभयो ।
संबिधान संशोधनका लागि पटक पटक दवाव दिँएपश्चात भएको सम्झौता छिटो पुरा भएमात्रै आफुहरुको आन्दोलन रोकिने बताउनुभयो । स्थानीय निर्वाचनकै कुरा गर्दै नेता राईले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मुस्लिमहरुको रोजा
(ब्रत) परेका कारण उक्त मिति सार्नुपर्ने माग समेत गर्नुभयो ।
नेपाली काँग्रेसका बाँकेका पूर्व जिल्ला सचिव विजय बहादुर यादव सहित अन्य प्रभावशाली नेताहरु पार्टी परित्याग गरी संघीय समाजबादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यममा बोल्दै यादवले भने नेपाली काँग्रेसमा लामो समय देखि राजनिति गदै आएको मा नेपाली काँग्रेसले मधेसी जनताहरुलाई धोका दिएको कारणले गर्दा आफुले पार्टी त्याग गरी संघिय समाज वादी फोरम नेपालमा प्रवेश गरेको बताउदै यादवले भन्ने मधेसी जनताहरुको हक अधिकार का लागी लडने पार्टी भन्नेको सघिय समाज वार्दी फोरम नेपाल नै हो भन्ने लागेर आफु यस पार्टीमा प्रवेश गरेको समेत बताए । आफु अब यस पार्टी भित्ररहेर मधेसी,जनजाती लगाएका मुदाहरुलाई सेवा गर्ने समेत यादवले बताए ।













प्रतिक्रिया