काठमाडौँ, २७ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा निलम्बनमा पर्ने निश्चित भएको छ ।
उनलाई तीन दिन भित्र निलम्बन गर्न लेखा समितिले खेलकुद मन्त्री पुरूषोत्तम पौडेल र खेलकुद मन्त्रालयलाई निर्देशन दिएसँगै उनको पद धरापमा परेको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाई गणेशले आर्थिक अनियमितता गरेको ठहर गर्दै समितिले उनलाई निलम्बन गरेर उनको ठाउँमा अर्को कुनै व्यक्तिलाई राख्न निर्देशन दिएको हो।
पटक–पटक विवादमा तानिदैँ आएका थापाले पदको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको देखिएको भन्दै छानबिन अवधिभर उनीसहित अनियमिततामा संलग्न अन्य चार पदाधिकारीलाई कारबाही गर्न असोज १२ गते नै लेखा समितिले मन्त्रालयलाई निर्देशन दिएको थियो।
उक्त निर्देशन लगत्तै थापाले पत्रकार सम्मेलन गरी आफ्नो बचाउ गरेका थिए । सो निर्देशन पालन गर्न अलमल नगर्न लेखा समितिले मन्त्रालयलाई पुनः निर्देशन दिएको हो।
थापा राप्रपा नेपालको कोटाबाट मनोनित सभासद् समेत बनेका छन् ।













प्रतिक्रिया