धनुषा, ७ जेठ । तराईमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी चलिरहँदा हतियारसहित तीन जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार वीरगंज उपमहानगरपालिका–१९ बस्ने ३० वर्षीय सुरज कुमार सोनारलाई १ थान अटोमेटिक पेस्तोल र सो को ४ राउण्ड गोलीसहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
जनकपुर उपमहानगरपालिका–६ अस्पताल चोक स्थित अप्सरा लजको कोठा नम्बर १ सय ७ मा बिशेष सुराकीको आधारमा प्रहरीले खानतलासी गर्दा सोनारको साथबाट उक्त पेस्तोल बरामद भएको थियो ।
उक्त कोठामा सँगै बसेका धनुषा गणेशमान चारनाथ नगरपालिका–१० बरमझिया बस्ने २० वर्षीय अजय कुमार यादव र मिथिला बिहारी गाउँपालिका–५ बस्ने २७ वर्षीय उपेन्द्रकुमार साहलाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया